अब विवाहपूर्व अनिवार्य अनुमति लिनुपर्ने

दैलेख :  अब विवाहपूर्व अनिवार्य अनुमति लिनुपर्ने भएकाे छ । दैलेखको गुराँस गाउँपालिका–८ ले वडाभित्र विवाहसम्बन्धी नयाँ नियम लागु गरेको हाे। अबदेखि विवाह गर्नुभन्दा पहिला नै वडाको सिफारिस लिनुपर्ने नियम लागु गरिएको वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिए ।

उनका अनुसार वडामा कानुन विपरीत हुने बाल विवाह निषेध गर्न यो नियम लागु गरिएको हो । फागुन १२ गतेको बसेको वडा समितिको बैठकले अब वडाभित्र वैवाहिक कार्य गर्नुपर्ने भएमा त्यस पूर्व नै वडा कार्यालयबाट अनुमति पत्र लिने नियम लागु गरिएको उनको भनाई छ । साथै ३५ दिनभित्र गर्नुपर्ने विवाह दर्ता गर्न आउँदा वडा कार्यालयबाट जारी गरिएको अनुमति पत्र अनिवार्य रूपमा लिएर आउनु समेत अनुरोध गरिएको उनले बताए ।

यस्ताे छ वडा कार्यालयकाे सुचना । 

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५