नब्बे जना नयाँ उद्यमी सृजना गरिँदै

दैलेखः भगवतीमाई गाउँपालिकामा नब्बे जना नयाँ उद्यमी सृजना गरिने भएको छ । लघु उद्यम विकास कार्यक्रम अनुसार नयाँ उद्यमी सृजना गर्ने लागिएको हो ।
गरिब विपन्न समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले सञ्चालन गरेको गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम भगवतीमाई गाउँपालिकामा प्रभावकारी बन्दै गएको छ । “अति गरिब विपन्न समुदायका जनतालाई उद्यमी तथा स्वरोजगार बनाउँदै जाने उद्देश्यअनुसार गाउँपालिकामा सञ्चालन गरिएका सीप तालिमबाट ग्रामीण क्षेत्रका महिला तथा पुरुष लाभान्वित भएका छन् । अहिले महिला चुलो चौको र पुरुष घरको अरुकाम मात्रै सीमित हुँदैनन् उनीहरू धमाधम सीप सिक्न व्यस्त छन् ।
सिलाई कटाई बुनाई तालिममा सहभागी युदिका केसी भन्छिन् महिलाहरू श्रीमानमै आत्मनिर्भर रहँदै आए पनि अब सीप सिकेर आफ्नै व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेका छौ । युदिकाका अनुसार–“हामी कहिलेसम्म आफ्नो श्रीमानको भरमा बाच्ने, अब सीप सिकेपछि केही उद्यम गर्ने छौ, महिला कमजोर छैनौँ भन्ने यो समाजलाई देखाउनेछौ ।” भगवतीमाई गाउँपालिका वडा नम्बर २,३ र ६ का अति विपन्न तथा गरिब, अपाङ्ग असहायलाई छनोट गरेर सिप विकास तथा रोजगार विकास कार्यक्रम (बाँसका सामाग्री, हाउस वाइरिङ्ग, सिलाई कटाई) तालिम सञ्चालन भइरहेका छन् ।
वडा नम्बर ६ का कमल वि.क.पनि अहिले तीन महिने तालिममा व्यस्त छन् । “पहिला गाउँमा रोजगारी नहुँदा ज्याला मजदुरी गर्नेको लागि भारतमा जाने कमल अहिले आफू आत्मनिर्भर कसरी बन्ने, व्यापार कसरी गरिन्छ, कच्चा पदार्थ कहाँबाट ल्याउने, ग्राहकलाई कसरी आकर्षण गर्ने, व्यवसाय कसरी फस्टाउने भन्ने जानकारी भएको सुनाउँछन् अब आफ्नै गाउँमा बसेर आफू उद्यमी बन्छु” उनी भन्छन् ।
कार्यक्रमले कमल जस्ता धेरै जनाको क्षमताको विकास त गरेको छ, नै समाजमा अतिविपन्न गरिब र केही गरेर खाई नसक्ने हात खुट्टा गुमाएका अपाङ्गलाई समेत कार्यक्रमले सहज बनाएको छ,महिला पुरुष एक आपसमा सहकार्य गर्दै अगाडी बढ्न सकियो भनेमात्र समाज समृद्ध बन्छ । अब हामीजस्ता उद्यमीहरूले उत्पादन गरेका बस्तुहरूको बजारीकरण र उचित मूल्य प्राप्तिको वातावरण बनाइदिनुपर्ने तालिमका सहभागीहरू बताउँछन् ।


भगवतिमाई गाउँपालिका सबै वडामा सञ्चालन गरिएको यो कार्यक्रम अन्तर्गत यस वर्ष सिलाई,बुनाई, हस्तकला सामग्री निमार्ण, हाउस वाइरिङ्ग, बाँस मुढा, दुना टपरी निर्माण, तरकारी खेती, कम्प्युटर सिप, डल कुशन लगायतका सीपमूलक तालिम प्रदान गरिरहेको भगवतीमाई गाउँपालिका लघु उद्यम विकास सहजकर्ता भगवती खत्रीले बताइन् । उनका अनुसार यस आर्थिक वर्षमा गाउँपालिकाका ७ वटै वडामा ९० जना नयाँ उद्यमी सृजना गरिने छ ।
यस अघिका दुई वर्ष १ सय ७० जना उद्यमीलाई विभिन्न तालिम दिएको छ । यस वर्ष ९० जना थप उद्यमी सृजना गर्ने, ४० जना पुराना उद्यमीहरुको स्तर उन्नती गर्ने र पुराना दुई वटा उद्यमी समूहलाई प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । लघु उद्यमी कार्यक्रमबाट घरमै बसेर सीमित हुन पुगेका ग्रामीण क्षेत्रका महिलाहरूले आँखा खोलिलिएको भन्दै सहजकर्ता सरिता थापाले अब व्यावसायिक रूपमा अगाडी बढ्न महिलाहरूलाई आग्रह गरेकी छिन् ।
तालिमबाट सीप सिकेर अहिले अधिकांश महिलाहरूले स–साना उद्यम गरेर आफ्नो जिविकोपार्जन तथा स्वरोजगार बनेका छन् । उनीहरूले आफ्नो जीवनस्तर समेत उकास्न सफल भएको भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले बताए ।
उनले भने‘भवतीमाईलाई आर्थिक रूपमा बलियो बनाउन आयआर्जन तथा उद्यमशीलता तालिमबाट स्वरोजगार बनाउन सरकारले खर्च गरेको पैसाले तालिम सिकेर व्यवसाय सुरु गर्नेलाई थप सीप सिकाइने र औजारको लागी बजेटको व्यवस्था गर्न अन्य निकाय समक्ष समन्वय गरिने छ । गाउँमै पाउने कच्चा पदार्थ बाँस, निगालो, अल्लो, लगायतबाट तयारी सामाग्री उत्पादन गरेर बिक्री वितरणका लागी बजारीकरण गरी आर्थिक हिसाबमा बलियो बनाई गरिब असहायलाई उद्यमी बनाउन यो कार्यक्रमले टेवा पुग्ने छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५