कर्णालीका दशवटै जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राख्न मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेशभर कोभिड विशेष एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । प्रदेशका दशवटै जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राख्न मुख्यमन्त्री जीबनबहादुर शाहीले मातहतका निकायलाई निर्देशन दिएका छन् ।

प्रदेश विपद् व्यवस्थापन समितिको वैठकपछि उनले तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै प्रत्येक जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन । यसका लागि प्रदेश सरकारले तत्काल एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाउने निर्णय पनि विपद व्यवस्थापन समितिको वैठकले गरेको छ ।

वैठकले छिन्चुमा होल्डिङ सेन्टर बनाउने, भारतसहित तेस्रो मुलुकबाट कर्णाली भित्रिनेहरुको अनिवार्य एन्टिजेन परिक्षण गर्ने निर्णय गरेको छ । वैठकले प्रदेश सरकारले आफ्नो तर्फबाट गर्न सक्ने कामहरु तत्काल सुरु गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, बाहिरी मुलुकबाट आउने कर्णालीका नागरिकमध्ये सडक पुर्वाधार पुगेका जिल्लाका भए सम्बन्धित जिल्लामा पु¥याउने र सडक नपुगेको ठाउ“का भए होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गरिने बताईएको छ ।

मुख्यमन्त्री शाहीले सबै तहका स्वास्थ्य संस्थाहरुलाई कोभिड प्रतिकार्यका लागि उच्च सतर्कताका साथ क्रियाशील रहन र प्रचारप्रसारलाई तिव्रता दिन निर्देशन समेत दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५