महिला र बालबालिकाको सवालमा संवेदनशील छु : डिएसपी शाह

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) भुवनेश्वर प्रसाद शाहले महिला र बालबालिकाको सवालमा आफु संवेदनशील रहेको बताएका छन् । केहिदिन अघिमात्र सरुवा भएर दैलेख प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डीएसपी शाहले हिंसा पीडित महिला र बालबालिकाको सवालमा संवेदनशील भएर काम गर्ने बताएका हुन् ।

अाइतवार पत्रकारहरुसँग दैलेख जिल्लाको शान्ति सुरक्षा, अमनचयन तथा वस्तुनिष्ठ अपराध अनुसन्धानका लागि सुझाव सल्लाह सहितको भेटघाट कार्यक्रममा डीएसपी शाहले भने ‘हिंसा पीडित महिला र बालबालिकालाई न्याय दिलाउने काममा म प्रतिबद्ध छु ।’ उनले प्रहरी र सरोकारवाला निकायहरुबीचको सम्बन्धलाई सुमधर बनाउने समेत बताए । बाल विवाह न्यूनिकरणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

‘जिल्ला प्रहरी कार्यालयमा नागरिकहरुको सहजै पहुँच पुग्ने गरी व्यवस्थापन गर्छु,’ डीएसपी शाहले भने ‘प्रहरीप्रति नागरिकहरुको आशा मर्न दिन्न, नागरिकहरुले सहजै न्याय पाउने गरी काम गर्छु ।’ डीएसपी शाहले जिल्लाको शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा आफु प्रतिबद्ध रहेको समेत बताए ।

‘म जनताको जीउधनको सुरक्षाको लागि प्रतिबद्ध छु, कानून विपरित काम गर्नेलाई कुनै पनि हालतमा छोडिदैन,’ डीएसपी शाहले भने । उनले लागु औषध ओसारपसार र दुव्र्यसनी रोकथाममा सक्रिय भएर काम गर्ने समेत बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५