एमालेलाई पूर्व माओवादीको टक्कर, टिकटमा बढि सम्भावना रेग्मीकाे

दैलेखः नेकपा एमालेको जनाधार बलियो रहेको दैलेख क्षेत्र नं.–१ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेमा एमालेका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा, केन्द्रीय सदस्य धर्मराज रेग्मी र रेखा थापा रहेका छन् ।

तीन जनामध्ये रेग्मी र शर्मा नै बलिया सम्भावित उम्मेदवार हुन् । ०७४ मा प्रतिनिधि सभा चुनाव जितेका शर्माको विकल्पमा पूर्व माओवादी नेता रेग्मीको दाबेदारीपछि टिकट कसको हातमा आउँछ भन्ने चासोका साथ हेरिएको छ । तर रेग्मीकाे सम्भावना बढि रहेकाे भगवतीमाइका युवा पंतीकाे बताउने गरेका छन् ।

रेग्मीले २०७४ मा प्रदेश सभा (क) मा माओवादीबाट प्रत्यक्ष चुनाव जितेका थिए । उनी कर्णाली प्रदेश सभामा नेकपा विभाजन भएपनि एमालेतर्फ लागेका थिए । रेग्मी बौद्धिक छवि भएका नेता हुन् भने उनी एमालेको केन्द्रीय कानुन विभागको उपप्रमुख समेत हुन् ।

२०७४ मा  उनी १० हजार ३६१ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका कृष्ण कुमार बिसीले ८ हजार ७६५ मत प्राप्त गरेका थिए । नेकपा विभाजनपछि माओवादी त्यागेर एमालेमै रहेका नेताहरूको व्यवस्थापन गर्नुपर्ने एमालेसँग बाध्यता छ ।

रेग्मीले पनि माओवादी त्यागेर आएको र एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निकट भएका कारण उनको पल्ला भारी हुने सम्भावना बढी रहेको एमाले नेताहरूको बुझाई छ । शर्मा पनि जिल्लामा बलियो नै छन् । उनले ०७४ मा २३ हजार ७७३ मत प्राप्त गरेका थिए । कांग्रेस–राप्रपाका साझा उम्मेदवार दीपक कुमार शाहीले १७ हजार २५२ मत ल्याएका थिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५