रिपोर्टस क्लबमा पुगेर भीम रावलले गरे उमेदवारी घोषणा

काठमाडौं ः नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी कार्यालय थापाथलीबाट उमेदवारी घोषणा गर्न नपाएको बताएका छन् । उनले आइतबार रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

‘थापाथलीमा रहेको हाम्रो कार्यालयबाट उमेदवारी घोषणा गर्न चाहेको थिएँ । त्यो आधिकारिक केन्द्रीय कार्यालय हो । महाधिवेशनमा उमेदवारी दिने कुरा त्यहीँबाट राम्रो हुने थियो,’ उनले भने, ‘तर मैले महासचिवबाट के थाहा पाएँ भने महाधिवेशनको व्यस्तताको कारणले त्यहाँ भएका सबै कक्ष खाली छैनन् ।’

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५