दैलेखः नेपाली काँग्रेसबाट दैलेख क्षेत्र नम्बर १ का बासन थापाले प्रतिनिधि सभा निर्वाचनमा झण्डै १५ लाख खर्च गरेकी छन् ।
दैलेख जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र न.१ बाट प्रतिनिधि सभा सदस्य पदको लागि उमेद्वार बासना थापाले गरेकाे सम्पुर्ण खर्चको विवरण प्रतिनिधी सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्बाचन आचारसंहिता बमोजिम प्रस्तुत गरेकी हुन ।
विहिबार जिल्ला निर्वाचन कार्यालय दैलेखमा उनले बुझाएको चुनावी खर्च विवरणमा विभिन्न शीर्षकमा १४ लाख ८९ हजार९५५ रुपैयाँ खर्च गरिएको उल्लेख छ।
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार थापा १२ हजार ३७२ मत प्राप्त गरी निर्वाचित भएकी थिइन। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रबीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका थिए ।





खुल्ला प्रेस । २८ फाल्गुन २०८२, बिहीबार १७:४७