प्रिय बसुन्धरा
तिम्रा विशाल अवयवहरुमा
प्राप्त उम्दापनहरुको
लेखोजोखो त के नै गर्न सकिएला र ।
जुनको जुनेली
घामको उजेली
बोटको छहारी
मनका अनेक मनोहारी
पेटको लागि आहारा
जीवनको लागि साहारा
प्रकृतिको सुमधुर गुञ्जन
जादु कला नृत्य र मनोरञ्जन ।
एकजोडा जन्मदाता मुटुदाता ।
सहोदर स्नेहिल भाइ भार्ता
बैना सहेँना सहेली
पवन स्वच्छ वयेली
गुरु इस्टमित्र कुटुम्ब
आफन्त पराया बिम्ब अनि प्रतिविम्ब
कर्म, धर्म, ज्ञान र ध्यान
मन ,वचन, आत्मा र ज्यान
गतिशिल समय, जल र वायु
विधाताले तोकेको जम्मा आयु
रहस्यमयी हामी, तमाम भुक्तभोगी
तिम्रो हाम्रो सबैको यो इहलिला पो होकी ।
तिम्रै प्राङ्गणमा सबै चोला
जान अन्जान सबै तिम्रै भोला
दियौ जननी अखण्ड उपहार
प्रिय बसुन्धरा कोटी कोटी नमस्कार । ।
जय जननी जय धरती ।
दुर्गा कुमारी थापा
दुल्लु ९,धामीगाउँ दैलेख
खुल्ला प्रेस । २५ बैशाख २०८०, सोमबार १५:३६