सुर्खेत : दैलेखको दरबारेभीरमा बस दुर्घटनामा ज्यान गुमाएका मृतककाे आफन्तले दैलेख -सुर्खेत सडक अवरुद्ध पारेका छन् । बस दुर्घटनामा परी मृत्यु भएका मृतकका आफन्तहरुले क्षतिपूर्तिका माग गर्दै विहानैदेखि सडक ठप्प पारेका हुन् ।
मृतकका आफन्तले सडकमा टायर बालेर सडक नै अवरुद्ध बनाउँदा दसैँ सकाएर कर्मथलो फर्केने यात्रुहरु गन्तव्यमा पुग्न नपाई अलपत्र परेका छन् ।
गत शनिबार सुर्खेतबाट कालिकोट जाँदै गरेको बस दैलेखको दरबारेभीरमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । झण्डै दर्जन बढी यात्रु घाइते भएका थिए ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५


खुल्ला प्रेस । १ कार्तिक २०७८, सोमबार १४:०१