काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८ जनाको मृत्यु हुँदा थप पाँच सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गरिएको थियो। सोमध्येबाट यो संख्याका नयाँ संक्रमित थपिएका हुन्।
जनसंख्या मन्त्रालयका अनुसार चार हजार ९७२ जनाको पिसिआर परीक्षण र १९५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। मन्त्रालयकाअनुसार नेपालमा अहिले १० हजार ५५९ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । ६ कार्तिक २०७८, शनिबार १८:५४