दैलेखमा एमालेको अधिवेशन कार्तिक १२ र १५ गतेलाइ तय

दैलेख : नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखले वडा अधिवेशन र पालिका अधिवेशन कार्तिक १२ र १५ गते गर्ने गरि मिति तय गरिएको छ । केन्द्रले कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने भनेर निर्देशन दिए पनि वर्षातको कारण जिल्ला कमिटीले अधिवेशन सार्ने निर्णय गरेको हो ।

‘वर्षातले पनि हामीलाई समस्या पारेको छ । संगठित सदस्यताको काम पनि टुंगिएको छैन,’ एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले भने, ‘सोही आधारमा हामीले कात्तिक ९ गते पालिकास्तरमा वैठक बोलाएका छौं भने कात्तिक १२ गते हामीले वडा अधिवेशन गर्ने निर्णय गरेका छौं । कात्तिक १५ गते पालिका अधिवेशन सम्पन्न गर्नेछौं ।’

उनले जिल्ला कमिटिको वैठकद्वारा पालिका तथा वडा कमिटीको अधिवेशनका लागि जिल्ला कमिटीका पदाधिकारी एवम् सदस्यहरु समेत खटाइएको छ । हरेक वडामा जिल्ला कमिटीका सदस्यलाई अधिवेशन गर्ने जिम्मेवारीसमेत तोकिए सकिएको उनले जानकारी दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५