घाँटीको क्यान्सर पीडितलाई सहयोग

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले घाँटीको क्यान्सर पीडितलाई सहयोग उपलब्ध गराएको छ । घाँटीको क्यान्सर पीडित दैलेखको नारायण नगरपालिका–६ की ३६ बर्षीया रत्ना सार्कीलाई संस्थाले सहयोग उपलब्ध गराएको   हो ।

सोसेकले रत्नाको उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले ६ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो । सोमवार संस्थाका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले रत्नाका श्रीमान ईन्द्रबहादुर सार्कीलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।

पारिवारिक आर्थिक अवस्था कमजोर रहेको र रत्नाको घाँटीको शल्यक्रिया गर्नुपर्ने भएपनि रकम अभावमा शल्यक्रिया हुन सकेको छैन् । रत्नाको उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले रकम सहयोग गरिएको उपकार्यकारी निर्देशक श्रेष्ठको भनाई छ । ज्वाला संदेशबाट

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५