तपाई मत बदल्नुहोस् म बनाउँछु दैलेखः कुन्ती शाही

दैलेखः आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निवार्चनका लागि दैलेखका राजनीतिक दलहरू चुनावी प्रचार प्रसारमा व्यस्त देखिन्छन् ।
सबै पार्टीहरूले जिल्लामा पत्रकार सम्मेलन, चुनावी आम सभा, मतदाताहरू सँगको भेटघाटलाई तीव्रता दिएको देखिन्छ । बुधवार जिल्ला सदरमुकाम नेपाल मजदुर किसान पार्टीले पत्रकार सम्मेलन गरी आफ्ना चुनावी कार्यक्रम बारेमा जानकारी दियो । बिहीबार राप्रपा नेपालको तर्फबाट दैलेख क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कुन्ति कुमारी शाहीले पत्रकार सम्मेलन गरिन्, सबै राजनीतिक दलहरूले आफ्ना पक्षमा मत मागिरहँदा उनले भनिन् तपाई मत बदल्नुहोस् म बनाउँछु दैलेख ।
यस्तो त सबै दलहरू चुनावको बेलामा आफ्नो पक्षमा मत माग्न आफूले भ्याए सम्मको जुक्ती लगाउँछन् चुनावी मैदानमा प्रतिस्पर्धाको माध्यमाबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य चुनिनको लागि सबै राजनीतिक दलहरू यति बेला चुनावी प्रचार प्रसारमा छन् जिल्लामा सदरमुकाम आजभोलि पार्टीका कार्यक्रम भई रहन्छन् । यस्तै कार्यक्रमका बिच बिहीबार कुन्ति कुमारी शाहीले पत्रकार सम्मेलन गरेर आफू निर्वाचित भएपछि गर्न सक्ने २१ बुँदाको जानकारी गराएकी छन् । उनले पत्रकार सम्मेलनमा भनेकी छन् समग्र दैलेख बनाउनको लागि मेरो उम्मेदवारी हो उनको प्रेस विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ उनको प्रेस विज्ञप्ति

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५