कोभिडले राेकिएका लोकसेवाका परीक्षा फागुन ६ गतेदेखि हुने

काठमाडौँ : कोभिड १९ महामारीले स्थगित भएका लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सुरु हुने भएका छन् । आयोगले बिहीबार सूचना निकालेर परीक्षाको तालिका प्रकाशित गर्दै फागुन ६ गतेदेखि सुरु हुने जनाएको हो ।

फागुन ६ गतेदेखि उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ सातौं, आठौं र नवौं तहको विभिन्न पदका लिखित परीक्षाहरू सुरू गर्ने आयोगले जनाएको छ । बुधबार बसेको आयोगको बैठकले यसअघि कोभिडले रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५