दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार ९५ जना डीएसपीको सरुवा निकालेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार डीएसपी श्रेष्ठको प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्साल सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयले डीएसपी श्रेष्ठलार्य २०७७ भदौ १५ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा खटाएको थियो ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठको सरुवा भएसँगै जिल्ला प्रहरी कार्यालयमा नयाँ डीएसपी भुवनेश्वर साह आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगर गम्भिर अपराध अनुसन्धान शाखामा कार्यरत डीएसपी साहलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा सरुवा गरेको हो ।
यस्ताे छ सरूवाकाे सुची












खुल्ला प्रेस । २५ कार्तिक २०७८, बिहीबार १८:२२