महाबुको अध्यक्षमा एमालेका उम्मेदवार जंगबहादुर शाही बिजयी

दैलेखः स्थानीय तहको उपचुनावअन्तर्गत आइतबार भएको मतदानमा महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । शाहीले नेपाली कांग्रेसका झलकबहादुर भण्डारीलाई पराजित गरेका हुन् ।

शाहीले तीन हजार एक सय २७ मत प्राप्त गरी भण्डारीलाई हराएका हुन् । भण्डारीले दुई हजार ६ सय ७५ मत प्राप्त गरी पराजित भएका छन् । यस्तै, माओवादी केन्द्रका जंगबहादुर बरालले आठ सय ४२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाशकुमार बुढाले एक सय १२ मत प्राप्त गरे ।

कुल १२ हजार ६ सय १४ मतदाता रहेको महाबुमा ६ हजार ९ सय ८९ मत खसेको थियो । महाबुमा कांग्रेसको विरासत तोडिएसँगै २०७४ पछि एमाले पुनः विजयी भएको हो । शाही उनै उम्मेदवार हुन् जो एमाले विभाजनपछि बनेको नेकपा एकिकृत समाजवादीमा लागेपछि महाबुमा एमाले कमजोर बनेको थियो । २०७४ बहुमत वडासहित अध्यक्ष/उपाध्यक्ष पदमा जित निकाल्दा उनै शाही एमालेका उम्मेदवार थिए । एमाले विभाजनपछि २०७९ मा भएको निर्वाचनमा शाहीकै कारण एमाले पराजित हुँदा कांग्रेसको उदय भएको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५