दैलेखका युवाको आवाज –‘हामीलाई कता लगिँदै छ’

दैलेखः दैलेखमा भएको अन्तर्राष्ट्रिय युवा दिवस–२०२३ कार्यक्रममा दैलेखका युवाको आवाज थियो हामीलाई कता लगिँदै छ ।
“दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सिप विकास” भन्ने नारा सहित अन्तर्राष्ट्रिय युवा दिवस–२०२३ को अवसरका शनिवार दैलेख सदरमुकाममा भएको हरित रोजगारी तथा जलवायु परिवर्तन सम्बन्धी नीति संवाद कार्यक्रममा दैलेखका १२ जना युवाहरुले प्रश्न गर्दै भनेका छन् नेपालमा तपाईँहरूले युवाहरूलाई विदेश पलायन बाहेकका अरू कुनै काममा अवसर दिनुभएको छैन । अहिले त नेताहरूको भाषणमा विश्वास लाग्न छाडिसक्यो ।
जिल्ला समन्वय समितिको हलमा आठ वटा संस्थाले आयोजना गरेको कार्यक्रम लोकेश गिरिको अध्यक्षतामा कर्णाली प्रदेश सभाका सदस्य तथा सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीको प्रमुख अतित्थयतामा तथा नारायण नगरपालिका नगरप्रमुख लोमन शर्मा सहितको उपस्थितिमा नीति संवाद गरिएको थियो ।
नीति संवादमा उठेका प्रश्नको जवाफ दिँदै प्रदेश सभा सदस्य भण्डारीले युवाहरूको क्षेत्रमा कर्णाली प्रदेश सरकारले धेरै काम गरेको बताए । उनले भने काम गर्ने युवा शक्तिमा नकारात्मक कुराको प्रभाव बढ्दै गएको छ । सबै युवाले सकारात्मक सोचका साथ कर्म गर्ने हो सरकारले कृषि क्षेत्रमा लाग्ने युवालाई प्रोत्साहन गर्दै आएको छ । खेलकुदमा लाग्ने युवालाई खेल मैदानका संरचना तयारीमा लागेको छ । समाज बनाउने हो भने युवाको जोस जाँगरको आवश्यकता पर्छ सबैले सकारात्मक सोचौँ उनले भने ।
सबै भन्दा बढी प्रश्न नारायण नगर सरकार प्रति उठेकोमा नारायण सरकारका तर्फबाट नगरप्रमुखले प्रश्नको जवाफमा नगर सरकारले अब नारायणका विद्यालय हरित विद्यालय बनाउन लागेको बताए । नगरभित्र कुन क्षेत्रमा कुन बिरुवा हुन्छ त्यही बिरुवा रोप्ने कार्यक्रममा नगरपालिका लागिरहेकोले जलवायु परिवर्तनमा थोरै भए पनि सहयोग पुग्ने बताए । यसले युवालाई पनि रोजगारीमा जोड्छ । हामी त्यस तर्फ लागेका छौँ । नारायण सरकारले युवालाई रोजगारीमा जोड्छ । बजेटको अभावका कारण धेरै काम गर्न सकिएको छैन ।
कार्यक्रमको समापनमा बोल्दै युवा लोकेश गिरिले सरकार युवालाई रोजगारीमा नलगाएर कुलत तर्फ लगाएको बताए छन् । युवालाई काम दिन सकियो भने कुनै युवा नकारात्मक काममा नलाग्ने उनको धारण छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५