नेपाली कांग्रेसको १४ अ‍ौँ महाधिवेशनवाट विभिन्न पदमा चयन भएका नेतागणणहरुको सम्मान

दुल्लु : स्नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं–२प्रदेश सभा क दैलेखको आयोजनामा नेपाली कांग्रेस १४ अ‍ौँ महाधिवेशन वाट विभिन्न पदमा चयन भएका नेतागणणहरुको सम्मान तथा भेटघाट कार्यक्रम द्रोणाचल क्याम्पस दुल्लुमा सम्पन्न भएको छ ।

वुधबार दुल्लुमा आयोजित कार्यक्रममा दैलेख जिल्लाबाट नेपाली कांग्रेसको १४ अ‍ौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, प्रदेश सदस्य जिल्ला कार्य समिति दैलेखका पदाधिकारी लगएत जिल्ला सदस्य, केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि क्षेत्रीय कार्य समिति का पदाधिकारी सदस्य लगाएत नगर र गाउँ पालिका पदाधिकारी हरुलाई दोसल्ला अ‍ोडाएर प्रदेश क का सभापति टंक प्रसाद रिमालले सम्मान गरेका थिए ।
सम्मान तथा भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय सदस्य सिता कुमारी रानाले अव हुने स्थानीय तहको चुनावलाई लक्षित गर्दै टोलटोल, गाँउगाँउमा नेता तथा कार्यकर्ता परिचालित हुन निर्देशन दिएकी छन् । केन्द्रीय सदस्य रानाले तिन वर्षको कमिन्युष्ट शासनबाट जनता आजित भएकोले आगामी चुनावमा नेपाली कांग्रेसले वहुमत ल्याउने दावी गरिन् । उनले स्थानिय तहको चुनावमा हाम्रो हैन राम्रोलाई टिकट दिनको लागि आफु मातहतका समितिहरुलाई आग्रह गरिन हुन ।
निर्वाचन क्षेत्र नं–२ प्रदेश सभा क का सभापति टंक प्रसाद रिमालको सभापतित्वमा संचालन भएको कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रीय सदस्य सिता कुमारी राना, विशेष अतिथिमा कर्णाली प्रदेश कार्य समितिका सदस्य दिपा बोहोरा,भक्ति प्रसाद उपाध्याय, मिठु कार्की, नेपाली कांग्रेस जिल्ला कार्य समिति दैलेखका सभापति मणिराम रेग्मीको सहभागीता रहेको थियो ।
यस्तै कार्यक्रममा क्षेत्रीय सभापति रिजाल, नेपाली कांग्रेस दैलेखका वरिष्ठ सदस्य घनश्याम भण्डारी लगाएत महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि लगाएत पालिका सभापति पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्रदेश क का सचिव तेज बहादुर शाहीले गरेका थिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५