दैलेखमा जिल्ला स्तरीय खुला तीजगीत प्रतियोगिता हुँदै

दैलेख: दैलेखमा जिल्ला स्तरीय खुला तीजगीत प्रतियोगिता हुने भएको छ ।

रेडियो मातृभूमि एफ.एम. ९६.५ मेगाहर्जको आयोजनामा भाद्र २९ गते जिल्ला स्तरीय खुला तीजगीत प्रतियोगिता–२०८० हुने भएको हो ।

जिल्ला सदरमुकामको खुला मञ्च टुडिखेलमा हुने प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ नगर र प्रमाणपत्र पाउने छन्, द्धितिय पुरस्कारको लागि १० हजार रुपैयाँ नगद र प्रमाणपत्र तथा तृतीय पुरस्कारका लागि ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र पाउने गरी व्यवस्थापन मिलाएको एफ.एमका प्रबन्ध निर्देशक भीम सिजापतिले खुल्ला प्रेसलाई जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार–भैरव सुनचाँदी पसल, माई डेन्टल क्लिनिक प्रा.लि.दैलेख र सोसेक नेपाल मुख्य प्रायोजकको रूपमा छन् । होटेल पार्कइन, होटेल मानसरोवर लगायत जिल्लाका २० भन्दा बढी पसल तथा सप्लार्यसहरु सह–प्रायोजक र राष्ट्रिय वाणिज्य बैङ्क शाखा दैलेख, सिद्धार्थ बैङ्क शाखा दैलेख,र प्रभु बैङ्क दैलेख बैंकिङ्ग पार्टनर रहेका छन् । प्रतियोगितालाई सफल बनाउन युगआह्वान दैनिक,रेडियो समावेशी, गज्जब, नेपाल अनलाइन तथा खुल्ला प्रेस अनलाइन लगायतका सञ्चार माध्यामहरु मिडिया पार्टनरको रूपमा रहेका छन् ।

प्रतियोगितामा भाग लिने टिमले भाद्र २९ गते बिहान सम्म नाम दर्ता गर्न पाउने निर्देशक सिजापतिले बताए । जिल्ला ११ वटै पालिकाबाट प्रतिनिधित्व गर्ने गरी तयारी भएको उनको भनाई छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५