भारतको ‘चन्द्रयान-३’ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ । भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक अवतरण गराएका छन् ।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम-३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पुर्‍याएको थियो ।

भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पुर्‍याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान-३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो । भारतको यो मिसन सफल भएमा चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक बन्नेछ ।

चार वर्षअघि ‘चन्द्रयान-२’ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप पुरस्कृत गर्दै भारतले ‘चन्द्रयान-३’ बनाएको हो । इसरोले दुर्घटना हुन सक्ने सबै किसिमको अवस्था परीक्षण गरेर प्रक्षेपण गरेको छ । यो मिसनका लागि सेन्सर, एलगोरिदिम, इन्जिन, क्याल्कुलेसनलगायतका सबै किसिमका कमजोरी अध्ययन गरिएको हो ।

भारतले ‘चन्द्रयान-३’ मिसनका लागि ६ सय १५ करोड भारतीय रुपैयाँ खर्चेको प्रारम्भिक अनुमान छ । मिसनले चन्द्रमाको थप अध्ययनमा सघाउ पुग्ने बताइएको छ। त्यस्तै त्यहाँको रासायनिक र प्राकृतिक अवस्थाबारे पनि अध्ययन गरिने जनाइएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५