ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

दैलेखः निर्माण सामग्री लिएर दैलेखबाट कालिकोट जाँदै गरेको ट्रयाक्टर शनिवार दुर्घटना हुँदा चालकको मृत्यु भएकाे छ ।

नौमूले गाउँपालिका–३ द्वारी घर भएका चालक २८ वर्षीय शशिराम पुन मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।

दैलेख सदरमुकामबाट कालिकोटको डिल्लीकोट तर्फ जाँदै गर्दा महाबु डाँडा नपुग्दै ना ७ त ४४७७ नम्वरको ट्रयाक्टर नौमूले गाउँपालिका–२ गेरुपानीको भीरबाट खस्दा चालकको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाई छ ।

भीरको ठाउँ, साँघुरो र उकालो समेत भएकोले साथमा भएका सहचालक र अर्का एक यात्रु समेतलाई ओरालेर हाँकिरहेको बेला ट्रयाक्टर व्याक आएर भीरबाट खसेको सहचालकले बताएका छन् ।

दुर्घटना हुँदा ट्रयाक्टर सडकबाट करिव २०० मीटर तल खसेको, ट्रयाक्टरमा लिइएको सिमेण्ट, पाता लगायतका निर्माण सामग्री छरपष्ट परेको र मृतक चालकको शव पोष्टमार्टमका लागि दैलेख अस्पताल पुर्‍याइएको छ ।

निर्माण सामग्री कालिकाेटकाे महाबै गाउँपालिकाकाे कुनै विकास याेजनाकाे भएकाे घटनाकाे थप अनुसन्धान थालिएकाे प्रहरीले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५