राजनीतिक यात्रा फराकिलो पार्दै योगी

दैलेख ः अनेरास्ववियु उच्च माध्यमिक विद्यालय कमिटीको नेतृत्व, क्याम्पस कमिटी नेतृत्व , जिल्ला कमिटीको नेतृत्व गर्दै २०७२ सालमा भएको अनेरास्ववियुको २२ आँै राष्ट्रिय महाधिवेशनबाट अनेरास्ववियुको केन्द्रीय अनुशासन आयोग सदस्य हुँदै केन्द्रीय कमिटीमा छिरेका योगीले आफ्नो राजनीतिक यात्रा फराकिलो पार्दै गएका छन् ।

हालसम्म १५ वर्ष अनेरास्ववियुमा बिताइसकेका उनी केन्द्रीय सचिवालय सदस्य हुँदै केन्द्रीय स्थायी कमिटी सदस्य पनि हुन । बुधवार मात्रै अनेरास्ववियुको पदाधिकारीको बैठकबाट केन्द्रीय स्थायी कमिटी सदस्य अनेरास्ववियु कर्णाली प्रदेशको सह इन्चार्ज को जिम्मेवारी पाएका छन् ।

हक्की स्वभाव, कुशल सङ्गठन, वैचारिक, क्रियाशील, प्रखर वक्ताका रूपमा समेत विद्यार्थीको माझमा स्थापित योगी विद्यार्थी आन्दोलन कै क्रममा धेरै पटक गिरफ्तारीमा समेत परेका थिए । आफ्नो गृह जिल्ला दैलेखमा समेत विभिन्न सामाजिक सङ्घ संस्थाको कुशल नेतृत्व गर्दै नेकपा एमाले दैलेखको स्वच्छ छवि भएका र सुनौलो भविष्य बोकेका लोकप्रिय युवा नेताका रूपमा चिनिन्छन् । उनको राजनीतिबारे उनीसँग बुझ्न खोज्दा उनले भने ‘ आफूले राजनीतिक यात्रा फराकिलो बनाउँदै अब झन् थप विद्यार्थीका हक हित अधिकार, शैक्षिक गुणस्तर शैक्षिक माफियाहरूका विरुद्धमा सशक्त रूपमा लाग्छु । कर्णाली प्रदेशमा विद्यार्थी आन्दोलनलाई थप रचनात्मक र सृजनात्मक माध्यमाद्वारा थप उचाइमा लिने प्रयास मेरो रहने छ ।

बुधवार पदाधिकारी बैठकबाट भएका निर्णयहरू

  1. पौष १देखि७ गते भित्रमा क्याम्पस कमिटीको सम्मेलन गर्ने ।
  2. पौष ७ गते देश भरी एकसाथ पालिका स्तरीय सम्मेलन आयोजना गर्ने ।
  3.  १० र ११ गते केन्द्रीय सचिवालयको बैठक झापामा गर्ने ।
  4. पौष १५ देखि २२ गते भित्रमा जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने
  5. पौष १३ देखि माघ २ गते सम्म सम्पर्क कमिटीको सम्मेलन गर्ने ।
  6. पौष २५ देखि माघ २ गते भित्रमा विश्वविद्यालय राष्ट्रिय कमिटीको सम्मेलन आयोजना गर्ने ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५