बँदेलको आक्रमणबाट सात जना घाइते

दैलेखः दैलेखको भैरवी गाउँपालिका–६ मा बँदेलको आक्रमणमा परि सात जना घाइते भएका छन् । जङ्गलबाट मात्तिएर गाउँ पसेको बँदेलले मानिसलाई आक्रमण गरेको वडा नं. ६ का वडा अध्यक्ष तुलबहादुर हमालले बताए ।

घाइते हुनेमा गणेश सिजाली, लछुमन पुन मगर, रत्नबहादुर बराल, तर्क बहादुर पुन मगर, पूर्ण सिजाली, जयबहादुर थापा मगर र तिलक पौडेल रहेको हमालले जानकारी दिए । मंगलबार बिहानको समयमा घरमै बसिरहेको अवस्थामा बँदेलले आक्रमण गरी घाइते बनाएको हो ।

आक्रमणमा परेका तीन जनालाई उपचारका लागि स्थानीय खम्बागाडे बजारको लाइफ किअर फार्मेसी लगिएको छ । गाउँभरी मानिस घाइते भएको खबर आएको र उपचारका लागि आउनुभएका गणेश सिजालीलाई थप उपचारका लागी जिल्ला अस्पताल दैलेखमा पठाइएको फार्मेसी सञ्चालक अर्जुन सुनारले जानकारी दिए ।

गत फागुनमा भैरवी–६ कै ६३ वर्षीया पवित्रा कँडेललाई बँदेलले घरमै आक्रमण गर्दा प्रदेश अस्पताल सुर्खेतमा उपचार भएको थियो । उनको खुट्टाको साप्रो र हातको औला बँदेलले चपाएको वडा अध्यक्ष हमालले जानकारी दिए ।

बँदेलका कारण खाद्यान्न तथा अन्न बाली जोगाउनै धौ–धौ हुने र बर्सेनि अन्न बालिमा क्षति पुग्ने गरेको र मानिसहरूमाथि पनि आक्रमण गर्ने गरेका घटनाहरू भइरहेको स्थानीयले बताउने गरेका छन ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५