दैलेखमा काकाबाट बालिका बलात्कृत, गर्भवति भएपछी खुल्याे रहस्य

दैलेखः  दैलेखमा १२ वर्षीया बालिका आफ्नै काकाबाट बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बलात्कारपछि बालिका गर्भवती भएको थाहा पाएपछि घटना बाहिर आएको हो ।

घटनामा संलग्न आरोपित काकालाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेशबहादुर बरालले ज्वाला सन्देशलाई जानकारी दिए । पीडित बालिकाका अनुसार माघ १२ गते जबरजस्ती करणी गरिएको हो ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३)(ख) अनुसार १४ वर्षभन्दा कम उमेरकी बालिकामाथि जबरजस्ती करणी गरेको ठहर भए दोषीलाई १८ देखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । साथै दफा २२० को उपदफा (२)(ग) अनुसार हाडनाता करणी ठहर भए थप ३ देखि ६ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

यसैबीच, महिला तथा बालिकामाथि हुने हिंसा विरुद्ध आवाज उठाइने अर्न्तराष्ट्रिय महिला दिवसको अघिल्लो दिन फागुन २३ गते सुर्खेतको गुर्भाकोट नगरपालिका ६ मा १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाले देशभर स्तब्ध बनाइरहेका बेला दैलेखमा पनि काकाबाट बलात्कृत १२ वर्षीया बालिका गर्भवती भएको घटना सार्वजनिक भएको हो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५