नेपाल र भारतबिच चार वटा सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ : नेपाल र भारतबिच शनिवार चार वटा समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा उक्त समझदारी तथा सम्झौता पत्रमा दुई देशका सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भएको नेपाल–भारत द्विपक्षीय बैठकपछि समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो।

समझदारी तथा सम्झौता पत्रमा भएको हस्ताक्षरलाई दुवै देशका प्रधानमन्त्रीले अवलोकन गरेका थिए।

शनिवार नेपाल र भारतबिच भएका चार वटा समझदारी तथा सम्झौता पत्रमा अन्तर्राष्ट्रिय सोलार गठबन्धनको लागि फ्रेम वर्क सम्झौता, रेल क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने समझदारी पत्रको आदानप्रदान, पेट्रोलियम पदार्थको आपूर्तिसम्बन्धी सम्झौता र पेट्रोलियम पदार्थको क्षेत्रमा प्राविधिक विशेषज्ञता आदानप्रदानसम्बन्धी सम्झौता रहेका छन्।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५