दैलेखः दैलेखको दुल्लु एक दिने घुम्ति वालि उपचार शिविर सम्पन्न भएको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुर्खेतको एकिकृत कृषि प्रयोगशालाको आयोजना तथा दुल्लु नगरपालिका कृषि शाखाको समन्वयमा एक दिने वालि उपचार शिविर सम्पन्न भएको हो ।
शिविरमा दुल्लु नगरपालिकाका किसानहरुले धानवाली लगाएत अन्य तरकारी वालीमा लागेको रोग तथा प्रकोपको परिक्षण गराएका छन् । धान तथा तरकारी वालीमा लागेको रोगको उपचार पश्चात उनीहरुलाई वास्तविक समस्या पहिचानका साथै उपचार पद्धतिको बारेमा समेत जानकारी गराइएको छ ।
किसानहरुलाई आवश्यक विषादि र औषधि पनि शिविरमा प्रदान गरिएको थियो । घुम्ति वालि उपचार शिविरमा एकिकृत कृषि प्रयोगशाला सुर्खेतका वाली संरक्षण अधिकृत घनश्याम कार्कीले दुर्गमका किसानहरुले रोग र प्रकोपको बारेमा जानकारी लिन र आवश्यक सेवा लिन नसक्ने भएकाले घुम्ति शिविरको आयोजना बताए ।




खुल्ला प्रेस । १६ भाद्र २०७९, बिहीबार १९:१६