
दैलेख: एभरेष्ट क्लव दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीतामा संचालित बाल संवेदनशिल समाजिक सुरक्षा (पहुँच) (सिएसएसपी) परियोजनाले पालिका स्तरीय परिचयात्मक कार्याक्रम सम्पन्न गरेको छ ।
जिल्लाका चामुण्डाविन्द्रासैनी नगरपालिका र ठाँटिकाँध गाउँपालिकामा सम्पन्न गरेको हो । परियोजनाको मुख्य उद्देश्य ० देखि ५ बर्ष सम्मका बालबालिकाहरुको सुरक्षा तथा सामाजिक सुरक्षाको सुविधा पाउँन योग्य व्यक्तिहरुको सामाजिक सुरक्षामा पहँुच अभिबृद्धि गर्दै बाल गरिवि तथा जोखिम न्यनिकरण गर्ने र सो उद्देश्य पुरा गर्नको लागि सामाजिक सुरक्षा भत्ताको सुविधा पाउँन योग्य तर विविध कारणले सुविधा पाउँनबाट बञ्चित भएका बालबालिका तथा अपाँगता भयका व्यक्तिहरुको तथ्यांक संकलन गरी सुविधा पाउँनको लागि सरकारी निकायमा समावेश गर्ने, बालबालिकाको गुणस्तरीय बृद्धिविकासको लागि अविभावकलाई पोषण तथा अविभावकिय कक्षा संचालन, स्थानीय सरकारबाट प्रदान गरिने सामाजिक सुरक्षा लगायतका सेवाहरु बाल संवेदनशिल बनाउन स्थानीय सरकारलाई सहयोग लगायतको क्रियाकलापहरु साझेदारी प्रयोजना (सिएसएसपी)का मिल अफिसर हस्त बहादुर नेपालीले जानकारी दिए ।
नेपालीका अनुसार परियोजनाको अबधि सन २०२२ देखि २०२५ सम्म गरी ४ बर्षको अबधि रहनेछ । परियोजनाको पहिलो बर्षमा चामुण्डाविन्द्रासैनी नगरपालिकाको ४ देखि ९ नम्बर वडाहरु र ठाँटिकाँध गाउँपालिको ६ वटै वडामा लागु हुनेछ भने दोस्रो बर्ष देखि चामाुण्डाविन्द्रासैनी नगरपालिको बाँकी ३ वटा वडाहरुमा पनि विस्तार गरिने परियोजना संयोजक तेजेन्द्र चन्दले जानकारी दिए । त्यसैगरी एभरेष्ट क्लव दैलेखका सचिवालय सदस्य श्री कृष्ण के सी ले सँस्थाको योगदान बारे बताएका छन् ।
सोही अवसरमा एभरेष्ट क्लव दैलेखका मिल अधिकृत हस्तबहादुर नेपालीले एभरेष्ट क्लवमा रहेको मिल अवधारणा र पालिका स्तरमा हुनुपर्ने परियोजना सल्लाहाकार समितिको गठन र गैह्रसरकारी संघ संस्थाहरुको परियोजना स्वीकृती, संचालन, समन्वय र अनुगमन सम्बन्धि निर्देशिकाको बारेमा जानकारी गराएका थिए ।




खुल्ला प्रेस । २६ फाल्गुन २०७८, बिहीबार २१:१४