तरुणदल सुर्खेतका सदस्य विनोद गिरी माथि गोली प्रहार गर्नेहरु सार्वजनिक

सुर्खेत : शनिबार साँझ वीरेन्द्रनगरमा नेपाल तरुणदल सुर्खेतका सदस्य विनोद गिरी माथि गोली प्रहार गर्नेहरुलाई सुर्खेत प्रहरीले सार्वजनिक गरेको छ ।

शनिबार बेलुका साढे आठ बजेतिर वीरेन्द्रनगर–१ को गैरीगाउँ नजिकै नेपाल तरुण दल सुर्खेतका जिल्ला सदस्य गिरीलाई लक्षित गरेर गोली प्रहार गर्ने भारतिय नागरिक सहित चार जनालाई जिल्ला प्रहरी कार्यलय सुर्खेतले आइतबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

प्रकाउ पर्नेमा मोटरसाइकल चालक कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक, १८ वर्षीय भरत भुल, भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्ज जोसिपनका मोहल्लाका १९ वर्षीय रोहित राजपुत, तथा सुर्खेतको वीरेन्द्रनगर–४ का राजन गिरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गिरीको हत्या गर्ने योजना डेढ महिनाअघि भएको थियो । विनोद गिरीको हत्याको योजना अनुसार रोहित सुटर हुन् । सुटर रोहित सहित अन्य दुई जनालाई सुर्खेतको वीरेन्द्रनगर ४ मा रहेको गणेश होटेलमा बास बसाल्ने बन्दोबस्त राजन गिरीले मिलाएका थिए ।

घटनामा संलग्न थप दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ । फरार दुई व्यक्तिले भे ५ प ६०६१ नम्बरको मोटरसाइकल सुटरहरुलाई उपलब्ध गराएका थिए ।

विनोद गिरीको गाडीलाई प्रतिवादीहरुको मोटरसाइकलले पिछा गरी उनीमाथि १ राउण्ड गोली प्रहार गरेपश्चात उक्त गाडी र मोटरसाइकल एकापसमा ठक्कर खाइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
घटनाका बारे थप अनुसन्धान जारी रहेको र शंकितको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५