दुल्लुमा खानेपानी दिगोपनाका लागि सुचारुपना सम्मेलन

कृष्णकमल अधिकारी

दैलेख: खानेपानी तथा सरसफाइ योजनाका सरोकारवालाहरूका जबाफदेहिता अभिवृद्धिका लागि सुचारुपना सम्मेलन दुल्लुमा गरिएको छ ।

“दिगोपनाका लागि जबाफदेहिता, सुचारुपनाको लागि साझेदारी” भन्ने मूल नारासहित दुल्लुमा सम्मेलन गरिएको हो ।

दुल्लु खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष भागवत हमालको अध्यक्षतामा भएको सम्मेलनमा दुल्लु नगरपालिकाका १३ वटा वडाबाट करिब ३०० जनाको सहभागिता थियो ।

दुल्लु नगरपालिका भित्रका सबै वडामा खानेपानी सम्बन्धी काम गरेका संघ संस्थाहरू तथा वडाका खानेपानी व्यवस्थापन बोर्ड, खानेपानीका उपभोक्ता, खानेपानी योजनाका प्रतिनिधि वडा अध्यक्ष कार्यपालिका सदस्य सहितको सहभागितामा सम्मेलन गरिएको छ ।

खानेपानी योजनाहरुको सही प्रयोग र दिगोपनाका बारेमा १ घण्टा लामो प्यानल छलफल गरि त्यहाँका खानेपानीको समस्या तथा समाधानका उपायमा ऐक्यबद्धता खानेपानीलाई दिगो रूपमा सञ्चालन गर्न प्रतिबद्धता गरिएको थियो ।

हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोग र एभरेस्ट क्लब दैलेखको सहजिकरणमा दुल्लुमा दिगो खानेपानीको समाधानका लागि विभिन्न कार्यक्रम संचालमा रहेको जनाकारी एभरेस्ट क्लबले दिएको छ ।

दुल्लु नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा सबै वडाको खानेपानीको अवस्थाका बारेमा प्रस्तुतीकरण सहितको जानकारी दिएको थियो । कार्यक्रममा दिएको जानकारी अनुसार वडा नम्बर ९ र १३मा खानेपानीको समस्या बढी देखिएको छ ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोल्दै दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजालले कर्णालीका धेरै पालिकामा नभएको खानेपानी व्यवस्थापन बोर्ड दुल्लुले गठन गरी हेलो धारा हटलाइन खानेपानी सम्बन्धी जानकारी तथा गुनासोहरू मोबाइल एप मार्फत लिने गरेको बताए । खानेपानीको बारेमा एभरेस्ट क्लबका कार्यकारी निर्देशक दीपक शाही, नेपाल पत्रकार महासंग दैलेखका अध्यक्ष कमल शर्मा लगायतले आफ्नो धारण राखेका थिए ।

कार्यक्रमका अध्यक्ष हमालले सम्मेलनमा सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५