महालक्ष्मीद्वारा ७५ विद्यार्थीलाई झोला बितरण

सुर्खेत : महालक्ष्मी विकास बैङ्क शाखा सुर्खेतले ७५ जना विद्यार्थीलाई झोला वितरण गरेको छ ।

आइतबार बराहताल गाउँपालिका वडा नम्बर २ डोप्कामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेकाे हो ।

बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व बहन (सीएसआर) कार्यक्रम अन्तर्गत झोला वितरण गरेको सुर्खेत शाखाका शाखा प्रबन्धक सुरज बयलकोटीले जानकारी दिएका छन् ।

उनका अनुसार स्थानीय जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगाएतको उपस्थितिमा झोला वितरण गरिएकाे छ । झोला वितरणले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई सहज हुने बयलकोटीले विश्वास व्यक्त गरे ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५