काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सात महिनापछि आइतबार पहिलो पटक बालुवाटार पुगे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार ओलीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएका थिए । छलफलको एजेण्डा थियो, संसदको अवरोध, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र स्थानीय तहको निर्वाचन ।
महासचिव शंकर पोखरेललाई लिएर बालुवाटार पुगका ओलीले एमसीसीमा के गर्ने प्रष्ट दिएनन् । बरु यसअघि झैं सत्ता पक्षले नै आफ्नो दृष्टिकोण नराखेकाले बोल्न तयार हुने बतायो । एमाले महासचिव पोखरेलका अनुसार आइतबारको छलफलमा पनि एमसीसीबारे प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फरक–फरक धारणा राखे । प्रधानमन्त्री देउवाले एमसीसी पास गराउनका लागि सहयोग मागे भने प्रचण्डले सत्तापक्षी प्रतिपक्ष मिलेर एमसीसीलाई चुनाव पछाडि मात्रै अगाडि बढाउने प्रस्ताव ।
जवाफमा एमालेले भने ‘सत्तापक्षले आफ्नो दृष्टिकोण एउटै राख्नु उचित हुने भन्दै प्रश्न गर्यो । बरु प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले भनेको आधिकारिक हुने भन्दै माओवादी अध्यक्ष प्रचण्डमाथि दबाब दिने रणनीति अख्तियार गरेको देखिन्छ । ‘प्रधानमन्त्रीय प्रणालीमा सत्तापक्ष राष्ट्रिय मामिलामा अलग अलग कुरा गर्नु राम्रो होइन । यो विषयमा सबभन्दा पहिले सत्तापक्ष स्पष्ट होस्’ छलफलमा राखेको भनाइ उद्धृत गर्दै महासचिव पोखरेलले भने ।
खुल्ला प्रेस । २४ माघ २०७८, सोमबार ०८:२२