संचार माध्याम परिवर्तनका संवाहक हुन्ः मन्त्री बिसी

दैलेखः कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बि.सी.ले संचार माध्याम परिवर्तनका संवाहक भएको बताएका छन् ।
दैलेख सरदमुकामबाट संचालित रेडियो मातृभूमि एफ.एम. ९६.५ मेगाहर्ज दैलेखको प्रथम वार्षिकोत्सवको अवसरमा आइतबार दैलेखमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
उनले भनेका छन् सबै किसिमका निरंकुशता र प्रतिगमन बिरुद्ध मिडियाले उल्लेखनीय भूमिका खेल्दै आँएका छन् । न्याय र सत्यताको पक्षमा उभिएर स्वयमसेवी काम गर्दै आएको मिडिया अभाव र असजिलोमा गुज्रिएको आफूलाई थाहा भएकोले स्थानीय तह तथा सरकारी कार्यालयले मिडियालाई सक्दो सहयोग गर्ने सुझाब दिदै अहिलेको अवस्थामा पनि बिज्ञापनहरु केन्द्रका मेडियामा दिदा जिल्ला भित्रका मिडियाहरु संचालनमा समस्या रहेको छ । सबैले यसमा ध्यान दिन जरुरी रहेको र पत्रकारितामा पनि आत्मसमीक्षा र निष्पक्षताको संकल्प जरुरी रहेको बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबिन रिजालले अघोषित रुपमा चौथो अंग भन्ने गरे पनि राज्यले मिडियालाई सधैं पूर्वाग्रह र असहयोगी व्यवहार देखाइरहेको टिप्पणी गरे । कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले पत्रकारहरुको व्यवसायिक क्षमता बढाउन जरुरी रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाले पत्रकारहरुप्रति मात्र औंला उठाउने गरिएको भन्दै कर्मचारी तन्त्र, राजनीतिक नेतृत्वको खराबी र बिकृति पत्रकारितामा पनि पसेकोले सबैतिर शुद्धिकरणको जरुरी रहेको बताए ।
रेडियो मातृभूमि एफ.एम. ९६.५ मेगाहर्ज दैलेख सन्चालक समितिका अध्यक्ष मनोज थापाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरु पुस्कर थापा, भीम सिजापति, तीर्थ भण्डारी, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका मेयर गणेशकुमार शाही, जिल्ला हुलाक अधिकृत निर्मला थापा, प्रशिक्षार्थी पत्रकार गंग अधिकारीले पनि आ–आफ्नो धारणा राखेका थिए ।
रेडियोले प्रथम बार्सिक उत्सब सप्ताहब्यापी मनाएको हो । सप्ताहको पहिलो दिन श्रावण १५ गते दैलेख अस्पतालमा फलफूल बितरण, श्रावण १६ गते सरस्वती माबि तर्ताङमा बृक्षा रोपण, श्रावण १७ गते बसन्तमाला बेद बिध्याआश्रममा कपडा बितरण गरिएको थियो ।
यस्तै श्रावण १८ गते बेलासपुर मन्दिर परिसरमा सरसफाइ, श्रावण १९ गते रेडियोमा अन्तरक्रिया, श्रावण २० गते सरस्वती वृद्ध आश्रममा फलफुल बितरण र श्रावण २१ गते (आइतबार) कर्णाली प्रदेश सरकारका माननीय उद्योग, पर्यटन, बन तथा बाताबरणमन्त्री कृष्ण कुमार बि.सि.द्वारा जिल्ला समन्वय समिती दैलेखको सभा हलमा भब्य समारोहका बीच साप्ताहिक कार्यक्रम समापन गरिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५