भोलिको संसद बैठकमा एमसिसीबारे छलफल हुने

काठमाडौं: प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ। संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले १ बजे बस्ने बैठकमा एमसीसी विषयमाथि छलफल हुने जानकारी दिएका छन्।

त्यसअघि सभामुख अग्नप्रसाद सापकोटाले साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। गत फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीले एमसीसीको प्रस्ताव संसदमा पेश गरेका थिए।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५