चिनियाँ प्राविधिक टोली नआउँदा पेट्रोलिएम खानी उत्खनन् अनिश्चि

पेट्रोलिएम खानी उत्खनन् अनिश्चि बनेको छ । चिनियाँ प्राविधिक टोली नआउँदा खानी उत्पन्न अनिश्चित बनेको हो । चिनियाँ प्राविधिक टोली नआउँदा पेट्रोलिएम खानीको अध्ययन तथा अनुसंधानमा ढिलाई रोकिएको छ’ खानी तथा भूगर्भ विभागका बरिष्ठ भूगर्भविद गणेशनाथ त्रिपाठीले भने, ‘चिनियाँ प्राविधिक नआउँदा उत्खनन् अनिश्चित छ ।’ चिनियाँ टोलीको नफर्किएसम्म पेट्रोल खानीको उत्खनन्का लागि अध्ययन अनुसन्धान अगाडि बढ्न नसक्ने उनले बताए ।

कोरोना महामारीका कारण चिनियाँ टोली नेपाल फर्किएको छैन । चिनियाँ प्राविधिक नेपाल नफर्कदा उत्खनन्को काम अन्यौलमा परेको हो। ‘पेट्रोलियम खानीको विस्तृत अध्ययन र ड्रिलिङको उपयुक्त स्थान एकीन भइसकेको छैन, चिनियाँ प्राविधिक टोली नआउँदा दोस्रो चरणको काम रोकिएको छ’ उनले भने, ‘आयोजनाले प्राविधिक टोली कुरिरहेका छौं, उहाँहरु आउन वित्तिकै दोस्रो चरणको काम सुरु हुन्छ ।’

पहिलो चरणको टोलीले गरेको अध्ययन अनुसार करिब १४ किलोमिटरको दूरीमा ४५ ठाउँ ग्यास चुहावट भइरहेको पुष्टि थियो । सेस्मिक सर्भे अनुसार दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भइसकेको छ । तर कति मात्रामा पेट्रोल छ, उत्खनन् गर्न सकिन्छ कि सकिदैन भन्ने एकीन भएको छैन । जसका लागि दोस्रो चरणको अध्ययन आवश्यक पर्दछ । पेट्रोल खानी उत्खनन्का लागि दोस्रो चरणको सर्भे (ड्रिलिङ) को गर्नुपर्दछ । जसका लागि झण्डै चार किलोमिटर जमिनमुनि ड्रिलिङ गर्नुपर्दछ । ड्रिलिङपछि मात्रै खानी उत्खनन्का लागि जमिनको भौगोलिक बनावट र लाग्ने खर्चको एकीन गर्छ । ड्रिलिङ नगरेसम्म उत्खनन्‌को काम सम्भव हुँदैन । तर खानी उत्खनन्का लागि गर्नुपर्ने ड्रिलिङको काम अन्यौलमा परेका छ ।

दैलेखको श्रीस्थान, नाबिस्थान, पादुका, तल्लो डुंगेश्वरलगायत क्षेत्रलाई बर्षौंदेखि ज्वाला (पेट्रोलियम पदार्थ) बल्दै आएको छ। सोही तथ्यलाई आधार मान्दै दुई बर्ष अघि खानी तथा भूगर्भ विभागले चीनको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् टोलीको समन्वयमा पेट्रोलियम पदार्थ उत्खनन्का लागि अध्ययन गरेको थियो । करिव चार महिनासम्म प्राविधिक टोलीले दैलेखको दुल्लु, नारायण, चामुण्डाविन्दासैनी नगरपालिका र भैरवी, महाबु डुङ्गेश्वर, नौमुले, भगवतीमाई गाउँपालिकाका विभिन्न अन्वेषण गरेर फर्किएको हो । विभागले चीनको जिओलोजिकल सेन्टर बेइजिङ र चेन्दुङसँग आगामी २०२२ भित्र खानी उत्खन्नको काम सक्नेगरी सम्झौता भएको थियो । तर कोरोनाका कारण दुईवर्ष खेर गएपछि म्याद थपेर भएपनि पेट्रोलिय पदार्थ उत्खनन्को काम सम्पन्न गर्ने विभागको अपेक्षा छ। २०७२ सालको नाकाबन्दीसँगै नेपाल आफैले पेट्रोलियम खानी उत्खन्न गर्ने सपना बाँढ्दै आएको छ ।

चिनीयाँ प्राविधिक टोली आउने समय भने टुङ्गो लाग्न सकेको छैन । कोरोनाको अवस्था सहज भएको खण्डमा मात्रै आउँदो विभागले जनाएको छ । पहिलो चरणको कोरोना महामारी आँएसँगै अध्ययनलाई बीचमै छोडेर चिनियाँ टोली स्वदेश फर्किएको थियो । त्यसयता चिनियाँ टोली नेपाल फर्केको छैन । नेपाली रैवारबाट 

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५