दैलेख: तरकारीमा बिस प्रयोग गरी छोरी मारेका कसुरमा एक महिला पक्राउ परेकी छिन् ।
घोराही उपमहानगरपालिका वडा नं. १२ रतनपुर टोलमा घर भई गुराँस गाउँपालिका वडा नं.१ खड्कवाडा बस्ने २१ बर्सिया हरिकला रावत सार्की छोरी मारेको कसुरमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार उनले माघ २७ गते विहाना खान खाने समयमा तरकारीमा विष हाली आफूले खाई छोरीलाई सम्मते खुवाएको र छोरीको उपचारको क्रममा मृत्यु भएकोले उनलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी जिल्ला अदालत दैलेखबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । ६ फाल्गुन २०७८, शुक्रबार २०:४२