भ्रष्ट्राचार नियन्त्रण गर्न प्रधानमन्त्रीलाई बास दैलेखको ज्ञापनपत्र

दैलेख: बढदै गएको भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीलाई बास नेपाल दैलेख शाखाले ज्ञापन पत्र बुझाएको छ । विहिबार एक कार्यक्रका विच दैलेख शाखाले दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई ज्ञापनपत्र बुझाएको हो ।
भ्रष्ट्राचार रोक्न भन्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्धी पुष्पकमल दाहाल‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाईएको छ । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा नै भ्रष्ट्रचार नियन्त्रण गर्न ध्यानाकर्षण सहित १० बुदे ज्ञापनपत्र बुझाएको बास नेपाल दैलेखका अध्यक्ष हिक्मत बुढाले बताए ।
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउनु अघि ज्ञापन पत्र बासका सदस्य जंग बोगटीले पढेर सुनाएका थिए । बास नेपाल केन्द्रिय कार्यालयको परिपत्र अनुसार दैलेख शाखाले पनि ज्ञापन पत्र बुझाएको छ, बास नेपालले विहिबार नै ७७ जिल्ला मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ ।
यस्तो छ ज्ञापनपत्र

मिति ः २०८० बैशाख ४ गते

सम्माननीय प्रधानमन्त्रीज्यू
सिंहदरवार, काठमाण्डौं
मार्फत
श्री प्रमुख जिल्ला अधिकारी ज्यू
जिल्ला प्रशासन कार्यालय, दैलेख ।

बिषयः भ्रष्टाचार बिरुद्ध ज्ञापन पत्र सम्वन्धमा ।

भ्रष्टाचार सामाजिक अपराध हो । भ्रष्टाचारले लोकतान्त्रिक मूल्य, मान्यता, नैतिकता, न्याय, कानुनी शासनका साथै देशको अर्थतन्त्रलाई कमजोर तुल्याउछ । हाल मुलुक भ्रष्टाचारबाट मुलुक आक्रान्त छ ।
भ्रष्टाचारको कुनै राजनीतिक र भौगोलिक सीमा नहुने हुनाले यसको नियन्त्रणका लागि राष्ट्रिय र अन्तराष्ट्रिय साझा प्रयासको महसुस गरी भ्रष्टाचार विरुद्धको महासन्धि संयुक्त राष्ट्रसंघको महासभाले २००३ मा पारित गरिसकेको छ । उक्त महासन्धिमा विश्वका १४० भन्दाबढि देशले हस्ताक्षर गरेकाछन् । उक्त महासन्धिको नेपाल पक्ष राष्ट्र हो ।
यस पृष्ठभूमिमा नेपाल बढि भ्रष्टाचार हुने देशको रुपमा बिश्व मानचित्रमा बद्नाम छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले हरेक बर्ष प्रकाशन गर्ने ऋयचचगउतष्यल एभचअभउतष्यल क्ष्लमभह( द्दण्द्दद्द भ्रष्टाचार अवधारणा सुचाँकमा नेपाल १०० मा ३४ अंकप्राप्त गरी ११०औं स्थानमा रहेको छ । यस बाट नैं नेपालमा व्याप्त भ्रष्टाचारको अवस्था उजागर हुन्छ ।
देशमा भ्रष्टाचार संस्थागत रुपमा बिकास भईरहेकोछ, भ्रष्टाचार यत्र, तत्र सर्बत्र छ । यहि पृष्ठभूमिमा बिगतमा कैयौं भ्रष्टाचारका काण्डहरु घटे, ती काण्डहरुका दोषीलाई कार्वाही नगरेरै काण्डहरुलाई गुपचुप बनाईयो । अहिले देशको छबिलाईनैं धुमिल गराउने गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई संयुक्त राज्य अमेरिका पठाउनका लागि भएको राज्यशक्तिको दुरुपयोगबाट बिश्वमा बद्नाम हुने स्थिति सृजना भएको छ । व्यक्तिगत स्वार्थका लागि नेपाली नागरिकलाई बेच्ने कार्य घृणित र देशद्रोही काम भएको आम नागरिकको बुझाई रहेको छ । यस अपराधमा संलग्न कोही, कसैलाई पनि कुनै पनि बाहनामा नछाड्न नागरिक समाजका तर्फबाट खवरदारी गर्दछौं । यस प्रकरणमा बहालवाला गृह सचिव, पूर्ब गृह मन्त्री, पूर्ब उप–प्रधानमन्त्री लगायतका हाई प्रोफाईल व्यक्तिहरुलाई पक्राउ गरी सरकारले भ्रष्टाचारबाट आजित आमनागरिकहरुमा आशाको सञ्चार गराएकोछ । यस कार्यको हामी स्वागतगर्दछौं । तर,बिगतमा ठूला, ठूला भ्रष्टाचारका काण्डहरु छानविननै नभई सेलाएर जाने, अन्ततः राजनीतिक संरक्षणमा उन्मुक्तिदिने गरेका दृष्टान्तहरु जस्तै यो प्रकरण पनि हात्ति आयो हात्ति आयो फुस्सा नहोस् ।
यस प्रकरणमा मुछिएका सम्पुर्ण व्यक्तिहरुलाई तत्काल पक्राउ गरी निष्पक्ष छानविन गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं । अन्त्यमा भ्रष्टाचार बिरुद्ध तत्काल तपसिल बमोजिमका पहल थाल्न नागरिक समाजका तर्फबाट आग्रह गर्दछौं ।
१) भ्रष्टाचार विरुद्धको प्रभावकारी उत्तम अभ्यासको विकास र प्रवद्र्धनमा जोड दिईयोस् ।
२) भ्रष्टाचार विरुद्धका संयन्त्रको क्षमता तथा प्रभावकारिता अभिवृद्धि गरियोस् ।
३) राजनीतिक दलहरुलाई पारदर्शि बनाउने व्यवस्था गरियोस् ।
४) सरकारको काम कारबाहीको सार्वजनिक सूचनाप्रवाह र काममा पारदर्शिता कायम गरियोस् ।
५) कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा व्याप्त भ्रष्टाचारको नियन्त्रण गरियोस् ।
६) भ्रष्टाचार विरुद्धको अयिभानमा अन्तर्राष्ट्रिय सहयोग अभिवद्धि गरियोस् ।
७) नेपाल सरकारको सुशासन कार्ययोजना, भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना,भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघिय महासन्धी कार्यान्वयन सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयन गरियोस् ।
८) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत बिकास गरियोस् ।
९) भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको रणनीति अवलम्वन गरियोस् ।
१०) राष्ट्रिय सर्तकता केन्द्र, हेलो सरकारलाई प्रभावकारी बनाईयोस् ।
…………….
हिक्मत बुढा
बास नेपाल
दैलेख जिल्ला शाखा

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५