देलेख ः निजि वनमा उत्पादित वनको संरक्षण गर्नेले प्रयोग गर्न पाउने कानुन बनाउन सरोकारवालालाई सुझाव दिइएको छ ।
मंगलबार दैलेख सदरमुकाममा पारिवारिक निजी वन संघ नेपाल दैलेखले आयोजना गरेको कार्यक्रममा उनीहरुले कृषि बाली सरह साल लगायतका प्रजातिमा रुख तथा काठ बेच्न पाउने अधिकार स्थापित हुने गरी कानून निर्माण गर्न स्थानिय सरकारसँग माग गरेका हुन् ।
यस्तै नारायण नगरपालिका दैलेखका मेयर रत्न बहादुर खड्काले आफुले स्थानिय सरकारबाट हुने सहयोग पुरा गर्ने बताए ।
स्थानियले सोधेको प्रश्नमा निजी बनमा उत्पादन गरिएका साल लगायका प्रजातिमा रुख तथा काठ बेच्न पाउनुपर्ने कुरामा आफुले स्थानिय सरकारबाट पहल गर्ने मेयर खड्काले आश्वासन दिए ।



खुल्ला प्रेस । २१ मंसिर २०७८, मंगलवार २०:४७