दैलेखः भगवतीमाई गाउँपालिकाको केन्द्र बेस्तडा बजारमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको आयोजना तथा नागरिक आरोग्य सेवा केन्द्र वेस्तडाको समन्वयमा फागुन २१ शनिबार १ दिने स्वास्थ्य शिविर संचालन हुने आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका निमित्त कार्यालय प्रमुख राम प्रसाद महत्तोले जानकारी दिए ।
उनका अनुसार बेस्तडा बजारमा अनुभवी चिकित्सकहरुबाट ग्यास्ट्रीक, मधुमेह, दम, उच्च रक्तचाप,स्त्रीरोग, हाडजोर्नी दुख्ने लगायत सबै रोगको निशुल्क उपचार तथा आवश्यक औषधी वितरण गरिने छ ।
आफनो घर आगनमा आएको निःशुल्क शिविरको लाभ लिनहुन कार्यालयले अनुरोध गरेको छ ।





खुल्ला प्रेस । १३ फाल्गुन २०७८, शुक्रबार १९:१६