दैलेख: एनएमबि बैङ्क दैलेखले बैङ्कद्वारा तलब खातामा दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ ।
बिहीबार दैलेख शाखाले एक कार्यक्रम गर्दै जिल्लाको नारायण नगरपालिका ११ का ३५ बर्सिया स्वर्गीय रेशम बहादुर बिस्टको परिवारलाई बिमा बापतको रकम हस्तान्तरण गरेको हो । एनएमबि बैङ्कको दैलेख शाखामा ‘एनएमबि तलब खाता’ खोली कारोबार गर्दै आउनुभएका रेशम बहादुर बिस्टको पहिरोमा परी मृत्यु भएकोमा बितिमले पाउने ८९ हजार ६ सय ६० रुपैयाँ ७५ पैसा भुक्तानी दिएको छ । विष्टले पाउने रकम उनको पत्नी गीता विष्टलाई हस्तान्तरण गरिएको बैैंकका कर्णाली प्रदेश एरिया मेनेजर मित्रराज प्याकुरेलले जानकारी दिएका छन् ।
मेनेजरका अनुसार बैङ्कको उक्त खाता योजनामा शून्य मौज्दातमै नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएमको साथै १० लाखसम्मको दुर्घटना बिमा ७ लाख सम्मको १८ वटा घातक रोग र १ लाख सम्मको औषधि उपचार गरी जम्मा १८ लाखको बिमा प्रदान गर्दै आइरहेको छ । बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, विस्तारित सेवा तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहक माझ सेवा पु¥याउदै आइरहेको छ । साथै एनएमबि बैकले २०१७,२०१८,२०१९ र ,२०२१ मा बैङ्क अफ द इयर नेपाल भएको र २०२१ मै नेपालमा रहेका बैङ्कहरू मध्येबाट पहिलो पटक २०२१ मा बैङ्क अफ द इयर एसियाको उपाधि चुम्न सफल भएको थियो ।
गाउँमा छोराहरूको खर्च जुटाउन समस्या भएको बेला मृत्यु भएका श्रीमानको तलब खाता मार्फत बैङ्कले बिमा बापतको रकम उपलब्ध गराउँदा छोराहरूलाई पढाउन केही भए पनि सहज हुने बिस्टको पत्नी गीता विष्टले बताइन् ।




खुल्ला प्रेस । १८ चैत्र २०७८, शुक्रबार २०:५८