रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित

दैलेखः राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) दैलेखको सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित भएका छन्। ‎सोमबार बिहान सम्पन्न मतगणना अनुसार उनले ९२ मतसहित विजयी भएका हुन्।

‎‎दैलेखमा सभापतिका लागि चार जना आकाङ्क्षी थिए । जसमा कारण निर्वाचन नै गर्नु परेको थियो। ‎जसमा प्रकाश बुढाले ६९, विनी बहादुर शाहीले ४३ र निवर्तमान सभापति मित्र प्याकुरेलले ४१ मत प्राप्त गरे ।

यस्तै उपसभापतिमा गणेश शाही, सचिवमा रमेश केसी, सहसचिवमा रामबहादुर शाही निर्वाचित भएका छन्। ‎सभापतिमा निर्वाचित भण्डारीले ०७९ मा दैलेख-२ मा रास्वपाबाटै प्रतिनिधि सभा चुनाव पनि लडेका थिए।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५