एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्यले दिए स्वतन्त्र उम्मेदवारी

दैलेख :  नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल नेपालीले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले दैलेख क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

एमाले दैलेखका पुराना नेता मानिने नेपालीले पटक-पटक नेतृत्वले विभिन्न आश्वासन देखाउने र कार्यान्वयन नगर्ने गरेका कारण आफूले दैलेख क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताए।

‘०४७ बाट एमालेको राजनीतिमा लागेको हुँ, विगतमा तीन पटक समानुपातिक सूचीमा जिल्लाबाट नाम जाँदा समेत नेतृत्वले समेटेन, अहिले पनि जिल्ला र प्रदेशबाट १ नम्बरमा दलितबाट समानुपातिक सूचीमा नाम जाँदा समेटिएन, नेतृत्वको अपरिपक्वता कारण स्वतन्त्र उम्मेदवारी दर्ता गराउन बाध्य भएँ’, नेपालीले भने।

दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा एमालेले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ तर्फ एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्मालाई आधिकारीक उम्मेदवार बनाएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५