दैलेखका चौध हजार बालबालिकालाई आई.पी.भी खोप लगाइने

दैलेखः दैलेखका चौध हजार बढी बालबालिकाहरूलाई आईपीभी खोप लगाइने भएको छ । जिल्ला समन्वय समिति दैलेखको सभा हलमा भएको जिल्ला खोप समन्वय समितिको वैठक तथा आईपीभी खोप सम्वन्धी अभिमुखिकरण कार्यक्रममा दैलेख १४ हजार ३ सय वालवालिकालाई खोप लगाई जानकारी दिईएको हो । जेठ १३ देखि २६ गतेसम्म देशव्यापीरुपमा सञ्चालन हुन लागेको आईपीभी खोप अभियान अन्र्तगत दैलेखमा १४ हजार ३ सय बालबालिकालाई खोप लगाईने जिल्ला अस्पताल दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए ।

राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत दैलेखमा आईपीभी खोप अभियान जेठ १३ गतेदेखि तीन चरणमा दैलेखका ११ वटै स्थानीय तहमा सञ्चालन गरिने खोप अधिकृत रेग्मीले वताए । तीन चरणमा सञ्चालन हुने खोप अभियान अन्र्तगत पहिलो चरणमा जेठ १३ देखि १५ गतेसम्म नारायण नगरपालिका, महाबु, भैरवी र नौमूले गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ ।

दोस्रो चरणमा जेठ १५ देखि १७ गतेसम्म गुराँस, डुंगेश्वर र भगवतिमाई गाउँपालिकामा खोप अधिकृत रेग्मीले बताए । यस्तै, तेस्रो चरणमा आठबीस, चामुण्डाविन्दासैनी र दुल्लु नगरपालिका तथा ठाटिकाँध गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जनाइएको छ । खोप अभियान अन्र्तगत २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका ५ देखि ८ वर्ष उमेर समूहका बालबालिकालाई मात्र आईपीभी खोप लगाइने लक्ष्य राखिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५