दैलेखः दैलेखबाट एमालेका ६ जनाले टिकट पाएका छन् । २ वटा निर्वाचन क्षेत्र रहेकाे दैलेखमा संयीय निर्वाचनमा क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभातर्फ एमाले जिल्ला अध्यक्ष रविन्द्रराज शर्मालाई टिकट दिएको छ । प्रदेश सभा ‘क’ मा धर्मराज रेग्मी तथा ‘ख’ मा प्रेम थापालाई टिकट दिएको छ ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर दुइबाट प्रतिनिधि सभा उम्मेदवारका लागि लक्ष्मीप्रसाद पोखरेललाई टिकट दिएको छ । प्रदेश सभा ‘क’ तर्फ एमाले जिल्ला सचिव तिलक प्रसाद रिजाललाई टिकट दिदा ‘ख’ मा भने प्रदेश अध्यक्ष विनोद कुमार शाहलाई टिकट दिएको हो ।
संघतर्फ चुनाव लडन चाहेका एमाले प्रचार विभाग उपप्रमुख विष्णु रजिाललाई प्रदेश सभामा झर्न भनेर पार्टीले आग्रह गरेपनि उनले प्रदेश सभाको टिकट लिन अस्विकार गरेको एमाले स्रोतले जानकारी दिएको छ ।
खुल्ला प्रेस । २३ आश्विन २०७९, आईतवार ०८:०५