चट्टयाङ्ग लागेर दैलेखमा एकको मृत्यू, सोह्र जना घाइते

दैलेखः चट्टयाङ्गले एक जना महिलाको मृत्यू भएको छ । महाबु गाउँपालिका–१ खरिगैराकी ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह बिष्टले जानकारी दिए ।

घरमै भान्साको काम गरिरहेको बेला चट्टयाङ्गले घाइते भएकी खत्रीको अस्पतालमा उपचारको क्रममा मृत्यू भएकोे हो । चट्टयाङ्गले आआफ्नै घरमा बसिरहेका खरिगैराका अरु १५ जना घाइतेको दैलेख अस्पतालमा प्राथमिक उपचार भएका थियो । ती घाइते मध्ये चार पुरुष र बाँकी सबै महिलाहरु छन् ।

प्राथमिक उपचारपछि गम्भीर घाइते आठ जनालाई कर्णाली प्रदेश अस्पतालमा पठाइएको र एक जनाको दैलेख अस्पतालमा उपचार चलिरहेको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले बताए। पाँच जना उपचारपछि घर फर्किएकाे उनले जानकारी दिए ।

गएराति नै दैलेखको डुंगेश्वर गाउँपालिका–६ लटाली गाउँमा चट्टयाङ्गले गम्भीर घाइते भएकी २६ वर्षीया रेखा बुढालाई कर्णाली प्रदेश अस्पतालमा पुर्याइएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह बिष्टले जानकारी दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५