विद्यालय शिक्षा विधेयक सम्बन्धी उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौँः प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक सम्बन्धी उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित भएको छ।

समितिको आज सिंहदरवारमा बसेको बैठकले सहमति जुट्न बाँकी रहेका विषय टुंगो लगाएको हो।शिक्षक महासंघसँगको असन्तुष्टि कारण शिक्षकहरूको बढुवाको विषय टुंगो लागेको थिएन। शिक्षकहरूको बढुवा तीन किसिमले गर्ने गरी आज समितिले टुंगो लगाएको हो।

अब शिक्षकहरूको आन्तरिक प्रतियोगिताद्वारा,  जेष्ठता र कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताको मूल्यांकनद्वारा मूल्यांकन हुनेछ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५