आन्दाेलनरत शिक्षकलाई राजीनामा दिन अल्टिमेटम

काठमाडौँः गुल्मीको कालिगण्डकी गाउँपालिकाले १४ गतेदेखि विद्यालय नआउने शिक्षकहरूले राजीनामा दिन निर्देशन दिएको छ ।

आन्दोलनरत शिक्षकहरूलाई विद्यालय फर्किन आग्रह गर्दै अटेर गरे राजीनामा दिन गाउँपालिकाले निर्देशन दिएको हो ।

शिक्षक महासंघको आव्हानमा भएको शिक्षक आन्दोलनले पालिकाभित्रका सबै विद्यालयहरूको अध्ययन अध्यापनमा समस्या परेकोले १४ गतेदेखि विद्यालय समयमा अनिवार्य रूपमा विद्यालयमा उपस्थित हुन नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिकाले नियमित रूपमा पठनपाठन सञ्चालन गर्न सबै शिक्षक तथा कर्मचारीहरूलाई अनुरोध गर्दै उक्त समयमा उपस्थित हुन नसक्ने शिक्षक कर्मचारीले राजीनामा दिन तथा सरुवा प्रक्रिया अगाडि बढाएर जान निर्देशन दिएको गाउँपालिका अध्यक्ष वेद बहादुर थापाले जारी गरेको सूचनामा भनिएको छ।

 

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५