सत्ता गठबन्धनविरुद्ध एमालेको जित

दैलेख : संविधान जारी भएपछि पहिलो पटक २०७४ मा भएको स्थानीय तह निर्वाचनमा दैलेखको नारायण नगरपालिकामा एमालेले जित हासिल ग¥यो । दोस्रो पटक सम्पन्न निर्वाचनमा पनि नगरमा एमालेले आफ्नो गढ कायम राखेको छ । सदरमुकाम समेत रहेको यो नगरमा यस पटक एमालेले सत्ता गठबन्धनको सामना गर्नुप¥यो । यद्धपी सहजै जित हासिल ग¥यो ।

नगरपालिकाको मेयरमा एमालेका लोमन शर्मा निर्वाचित भएका छन् । एमालेका शर्माले सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी नेपाली काँग्रेसका निर्मला कुमारी खड्का थापा ७९ मतान्तरले पराजित गरे । एमालेबाट मेयरमा निर्वाचित शर्माले ५४३६ मत प्राप्त गरेका छन् । गठबन्धनबाट उम्मेदवार बनेकी काँग्रेसका थापाले ५३५७ मत प्राप्त गरिन् ।

उपमेयरमा एमालेकी तप्ताकुमारी खड्काले गठबन्धनका उम्मेदवारलाई १८३५ मतसहित फराकिलो मतान्तरमा पराजित गरिन् । यहाँ गठबन्धनको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) की सावित्री मल्ल उपमेयरको उम्मेदवार बनेकी थिइन् । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उपमेयरमा निर्वाचित मल्ल एमाले विभाजन पनि एकीकृत समाजबादीमा लागेकी थिइन् । मेयरमा निर्वाचित एमालेकी खड्काले ५६७३ मत प्राप्त गरिन् । यस्तै उपमेयरमा पराजित एकीकृत समाजवादीकी मल्लले ३८३८ मत पाइन् ।

११ वटा वडा रहेको यो नगरमा एमालेले ७ वटा वडामा जित हासिल गरेको छ भने नेपाली काँग्रेसले ३ वटा वडामा जितेको छ । नगरको वडा नम्बर १ मा काँग्रेसका सन्देश कुमार श्रेष्ठ, २ मा एमालेका रेशमबहादुर थापा, ३ मा एमालेका चन्द्र प्रसाद उपाध्याय, ४ मा काँग्रेसका चन्द्र वहादुर कटुवाल वडाध्यक्षमा निर्वाचित भएका छन् । यस्तै वडा नम्बर ५ एमालेका ऐमान सिंह थापा, ६ मा एमालेका जनकप्रसाद न्यौपाने, ७ मा एमालेका खड्ग बहादुर शाही, ८ मा एमालेका गोपाल कुमार वि.सी., ९ मा नेपाली काँग्रेसका महेन्द्रविक्रम खड्का, १० मा एमालेका लाल बहादुर बस्नेत र ११ मा काँग्रेसका दिर्घ बहादुर मल्ल वडाध्यक्षमा निर्वाचित भएका छन् । नारायण नगर एमाले जिल्ला अध्यक्ष एवं प्रतिनीधि सभा सांसद रविन्द्रराज शर्माको गृह पालिका हो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५