दैलेख : नेकपा एकीकृत समाजवादी दैलेखले प्रतिनिधि तथा प्रदेश सभा निवार्चनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
दैलेख सदरमुकाम शुक्रवार बसेको एकीकृत समाजवादीको बैठकले निर्वाचनका लागि उम्मेदवारहरूको सिफारिस गरेको हो । जस अन्तरगत दैलेख निर्वाचन क्षेत्र नं. १ ‘क’ वाट अम्मर बहादुर थापा, टेकबहादुर खाँण र पार्वती विशुन्केको नाम सिफारिस गरिएको छ । दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र ‘क’ वाट मायाराम अधिकारी समानुपातिकमा रामसरा रेग्मी र भवानी प्रसाद ज्ञवाली तथा प्रदेश निर्वाचन क्षेत्र ‘ख’ वाट जङ्गबहादुर शाही र समानुपातिकमा सावित्री मल्ल, प्रेमकुमारी बुढा र मनकुमारी सुनारको नाम सिफारिस गरिएको छ ।
यसै गरी बैठकले दैलेख निर्वाचन क्षेत्र नं. २ का लागी केशरसिंह माझीको नाम सिफारिस गरिएको छ भने दैलेख निर्वाचन क्षेत्र नं. २ प्रदेश निर्वाचन क्षेत्र (क) वाट बरुनाथ योगी र प्रदेश निर्वाचन क्षेत्र (ख) वाट गोकर्ण माझी, निरक बहादुर शाही र प्रेम थापाको नाम सिफारिस गरिएको नेकपा एकीकृत समाजवादी दैलेखले जानकारी दिएको छ । सिफारिस गरिएका नामहरू प्रदेश कमिटीमा पटाइने नेकपा एकीकृत समाजवादी दैलेखका अध्यक्ष बरुनाथ योगीले जानकारी दिए ।




खुल्ला प्रेस । १० भाद्र २०७९, शुक्रबार १९:३२