पाँच दलीय गठबन्धन लोकतन्त्रको भक्षक : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह भएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ दलीय सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको आरोप लगाएका हुन् ।

‘अहिले यो ५ दलीय गठबन्धन छ नि ! बर्का राधे राधे लगाएका हुन् कि ? राम राम लगाका हुन कि कृष्ण कृष्ण । यी सबै लोकतन्त्रका भक्षकहरु हुन् भक्षीहरु हुन्’, ओलीले भने, ‘यिनीहरुलाई लोकतन्त्रका मूल्य मान्यता होइन, सत्ता चाहिएको छ, स्वार्थ पुरा गर्नुछ ।’

गठबन्धनलाई देश र संविधान समेत नचाहिएको ओलीको भनाइ छ । ओलीले देश, लोकतन्त्र र संविधानको रक्षा एमालेले मात्रै गर्ने भन्दै एमाले नभएको भए यसअघि नै १७ साल दोहोरिने पक्का रहेको बताए । ‘हामी हुँदैनथियौ भने १७ साल अस्ति नै आइसक्थ्यो यहाँ एमाले छ त्यसकारण १७ साल आउन सक्दैन’, ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले संविधान एउटा पुस्तक भएको भन्दै त्यो  पुस्तक च्यात्न कुनै समय नलाग्ने बताए  । ओलीले एमाले सरकार छोड्न तयार भएको छर तर संविधान च्यात्न र लोकतन्त्र तलमाथि हुन नदिने बताए । ‘नेकपा एमाले यो अठोटमा रहेकाले नै लोकतन्त्र अडिएको हो’, अध्यक्ष ओलीको भनाइ छ । उनले एमाले विरुद्ध अन्तराष्ट्रिय शक्ति समेत लागेको भन्दै एमाले विरुद्धका भ्रम तोड्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५