आज विश्व उपभोक्ता अधिकार दिवस

आज विश्व उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च १५ मा उपभेक्ता अधिकार दिवस मनाउने गरिए पनि उपभोक्ता भने अधिकारबाट बञ्चित छन् ।

हरेक क्षेत्रमा उपभोक्ता ठगीमा पर्ने गरेका छन् । नेपालको  संविधानको धारा ४४ मा हरेक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने व्यवस्था छ । वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीति छ ।

त्यस्तै उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावलीमा हरेक उपभोक्तालाई पहुँचको अधिकार, छनोटको अधिकार, सूचना र जानकारीको अधिकारलगाएत प्रत्याभूत गरिएको छ ।

तर, कानुनमा  स्पष्ट  व्यवस्था  रहेको  उपभोक्ता  अधिकार र क्षतिपूर्तिको कार्यान्वयन भने फितलो छ । बजार, यातायात, विद्युत्, खानेपानी, बैङ्क तथा  वित्तीय  संस्था,  खाद्यान्नलगायत वस्तु  तथा सेवा  लिने  क्रममा  ठगी बढ्दो छ ।

तीन तहका सरकार तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट बजारको व्यवस्थापन, अनुगमन र नियमन हुने भए पनि सक्रियता देखिदैन ।

सन् १९६२ को मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले उपभोक्ताका हित रक्षा नगरी अर्थतन्त्र बलियो हुँदैन र बजारमा उपभोक्ता सार्वभौम हुन सक्दैनन् भन्दै ‘बिल अफ राइट’ को घोषणा गर्नुभएको थियो ।

त्यसैको सम्झनामा मार्च १५ तारिखमा विश्वभर उपभोक्ता अधिकार दिवस मनाउने गरिएको छ । सन् २०१७ देखि संयुक्त राष्ट्र सङ्घले आफ्ना सदस्य देशलाई मार्च १३ देखि १७ तारिखसम्म विश्व उपभोक्ता अधिकार दिवस सप्ताहव्यापी रुपमा मनाउन आह्वान गर्दै आएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५